अख्तियार प्रमुख राईसहित १० जना भीआईपीलाई मार्ने धम्की प्रकरण : तीन जना बडीगार्ड नेपालमा समातिए : मुख्य योजनाकार फिलिपिन्समा

अख्तियार प्रमुख राईसहित १० जना भीआईपीलाई मार्ने धम्की प्रकरण : तीन जना बडीगार्ड नेपालमा समातिए : मुख्य योजनाकार फिलिपिन्समा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० मंसिर २०८२
  • 4.4K
    Shares

काठमाडौँ, २० मङ्सिर २०८२।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका मुख्य योजनाकार ठानिएका प्रकाश पाठकका तीन जना बडीगार्ड पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को अध्यक्ष बताउने पाठकका तीन जना बडीगार्ड पक्राउ परेका हुन्। क्राउ परेका तीनै जनाले आफूहरू प्रकाशको बडिगार्ड भएको बताएका छन्। अद्यापि प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन।

तीन जना बडीगार्ड नेपालमा पक्राउ पर्दा उक्त धम्की दिने समूहका अध्यक्ष प्रकाश पाठक भने फिलिपिन्समा रहेको प्रहरीले पत्तो लगाएको छ।

आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’को अध्यक्ष भन्ने पाठकले पठाएको पत्रमा अख्तियार प्रमुख राईसहित अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वप्रहरी प्रमुख ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी, कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको ज्यान लिने धम्की दिइएको छ ।

प्रतिक्रिया