जेन जी आन्दोलनपछि ओली देउवाको पहिलो भेट, के भयो छलफल ?

जेन जी आन्दोलनपछि ओली देउवाको पहिलो भेट, के भयो छलफल ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ मंसिर २०८२
  • 4.6K
    Shares

पोखरा १९ मङसीर २०८२।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो देउवालाई भेट्न ओली देउवा निवास महाराजगञ्ज पुगेको सचिवालयले जनाएको छ ।

देउवा निवास महाराजगन्जमा शुक्रबार अपरान्ह भएको भेटवार्तामा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईका अनुसार सभापति र अध्यक्षबिच समसामयिक राजनीतिक विषय र संसद पुनःस्थापनाका विषयमा छलफल जारी छ । लामो समयपछि भएको भेटवार्तामा सभापति देउवाका धर्मपत्नी डा. आरजु राणा र अध्यक्ष ओलीका धर्मपत्नी राधिका शाक्यको समेत सहभागिता छ । जेनजी आन्दोलनले सत्ताबाट वहिर्गमन भएपछि पूर्व प्रधानमन्त्रीद्वयको यो सम्भवतः पहिलो अनौपचारिक भेटवार्ता भएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया