प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ मंसिर २०८२
  • 1.5K
    Shares

पोखरा १९ मङसीर २०८२।
प्रधानमन्त्री सुशीला कार्कीले आज सर्वपक्षीय बैठक बोलाएकी छन्। आसन्न निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री कार्कीले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज अपराह्न चार बजे सर्वपक्षीय बैठक बोलाएकी हुन् ।

बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ ।

प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते र प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।

प्रतिक्रिया