संसद पुनर्स्थापनाको पक्षधर अधिवक्ता शुलभ खरेल संवैधानिक इजलासमै ढले

संसद पुनर्स्थापनाको पक्षधर अधिवक्ता शुलभ खरेल संवैधानिक इजलासमै ढले


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ मंसिर २०८२
  • 3.5K
    Shares

पोखरा, १७ मङ्सिर २०८२।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायी शुलभ खरेल संवैधानिक इजलासमै ढलेका छन्।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको इजलासमा बहस गर्दै गर्दा न्यायाधीशले सोधेको प्रश्नको जवाफ दिन नसकेपछि उनी अचानक बेहोस भएको प्रत्यक्षदर्शी वकिलहरूले बताएका छन्।
इजलासमा खरेल संसद पुनर्स्थापनाको पक्षमा बहस गरिरहेका थिए। यस्तो अवस्थामा न्यायाधीशले उनलाई भदौ २४ को आगजनी तथा अदालतमा भएको तोडफोडबारे सोधेका थिए।
न्यायाधीशले सोधेका प्रश्न यस्तो थियो–
“अदालत जल्यो, अब न्यायाधीशको घर जलाउन जाऊँ भनेर फेसबुकमा लेख्ने? आगजनीलाई उकास्ने तपाईंहरू, अनि पुनर्स्थापनाको माग?”
सो प्रश्न सुनेपछि खरेल ‘त्यस्तो होइन श्रीमान्’ भन्दै थरथर काम्न थाले र केही क्षणमै ढले।
उनी ढल्दै गएपछि इजलासमा रहेका न्यायाधीशहरूले तुरुन्तै कर्मचारीलाई उनलाई अस्पताल लैजान निर्देशन दिएका थिए।
शुलभ खरेल अमेरिकी विश्वविद्यालयबाट कानुन अध्ययन गरेका हुन् र रास्वपामा सक्रिय रूपमा आवद्ध छन्।
मंसिरमा हुने उपनिर्वाचनमा रुपन्देही–३ बाट उनी उम्मेदवार बन्ने दाबेदार थिए तर अन्ततः रास्वपाले लेखजंग थापालाई टिकट दिएको थियो।
भदौ २४ को महाविध्वंशका बेला रास्वपाका अन्य नेतासहित खरेलले पनि सामाजिक सञ्जालबाट आन्दोलनकारीलाई उकासेको आरोप लागेको छ।
हाल उनी उपचारका लागि अस्पताल पुर्‍याइएको र अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया