भारतमा अधिकांश नेपाली चढेको बसमा आगलागी : कम्तीमा तीन जनाको मृत्यु : हेर्नुस बसमा सवार नेपालीको सुची

भारतमा अधिकांश नेपाली चढेको बसमा आगलागी : कम्तीमा तीन जनाको मृत्यु : हेर्नुस बसमा सवार नेपालीको सुची


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ मंसिर २०८२
  • 2.4K
    Shares

पोखरा, १६ मङ्सिर २०८२।

भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको बसमा भिषण आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

यूपी२२एटी ०२४५ नम्बरको उक्त बस भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी हुँदा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ ।

कुल ४५ यात्रु सवार बसमा धेरैजसो नेपाली थिए त्यसमा पनि धेरै बुटवलका छन् ।

सूचीअनुसार घाइने हुनेहरूमा शिवबहादुर परियार (गुल्मी, तम्सास), पूर्णिमा परियार, कृष्णबहादुर (कावासोती), विष्णुबहादुर, अनिलबहादुर, सरस्वती, दिवाकर न्यौपाने (बुटवल) रहेका छन् ।

त्यसैगरी, दिया योगी (बुटवल), विशाल गुरुङ (गुल्मी, तम्घास), लालबहादुर (छत्रकोट, गुल्मी), उसा (गुल्मी) छन् । साथै, सुबोध अर्याल (स्याङ्जा), कमलबहादुर पौडेल (मोरङ), भुवन, छन् ।
घाइते हुनेमा ओमबहादुर (पाल्पा), वसन्त सर्तुंगी (तम्घास, गुल्मी), सोनाम (बुटवल), अनिसा (बुटवल), गुनबहादुर (गुल्मी), बोधबहादुर (सुनवल, नवलपरासी) र धनकुमारी छन् ।

खैरुल बुभ (भगवानपुर, बिहार) नाउद अली ( भगवानपुरबिहार, ) र विक्रम (कर्नाल, हरियाणा) पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

आगलागीपछि बसभित्र फसेका यात्रु ज्यान बचाउन सिसा फुटाएर हामफालेका थिए । बाहिर निस्किएका यात्रुले प्रहरीलाई खबर गरेपछि फायर ब्रिगेडको टोली पुगेको थियो । उनीहरूले फसेका यात्रुलाई उद्धार गर्न र आगो निभाउन शुरु गरे ।

घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत बहराइच मेडिकल कलेज रेफर गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार अधिकांश यात्रु बसबाहिर थिए ।

प्रतिक्रिया