औषधि व्यवसायी र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित (हेर्नुस सहमति)

औषधि व्यवसायी र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित (हेर्नुस सहमति)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ मंसिर २०८२
  • 2.6K
    Shares

काठमाडौँ, १६ मङ्सिर २०८२।

करिब डेढ महिनादेखि आन्दोलित बनेको औषधि व्यवसायी र सरकारबीच सहमति जुटेको छ।

स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र व्यवसायीबीच आज भएको त्रिपक्षीय वार्तामा औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ लाई संशोधन र ५ को खारेजी गर्ने सहमति जुटेको हो। सहमति जुटेसँगै औषधि व्यवसायी संघले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।

सहमतिपछि संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो माग अनुरुप गर्ने गराउने र हामीले गरेको आन्दोलन स्थगित लिने भनी सम्झौता भएकाले भोलिदेखि पूर्व निर्धारित सम्पूर्ण आन्दोलनहरु स्थगित गरिएको बारे जानकारी गराउँदछौ।’

आजको वार्तामा नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ, नेपाल आयुर्वेद औषधि व्यवसायी संघ र नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधि पनि सहभागी थिए।

प्रतिक्रिया