प्रभु बैंकका सीईओ शेरचनसहित तीन जना उच्च अधिकारी पक्राउ

प्रभु बैंकका सीईओ शेरचनसहित तीन जना उच्च अधिकारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ मंसिर २०८२
  • 3.9K
    Shares

पोखरा १४ मङ्सिर २०८२।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जना उच्च अधिकारीहरुलाई पक्राउ गरेको छ।

सीआईबीले सीईओ शेरचनका साथमा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ समेतलाई पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार , सीआईबीले गत कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेललाई ऋणको फाइलमा कमिसन खाएको आरोप लागेको छ। समाचार स्रोत अर्थासरोकार डट कम

प्रतिक्रिया
सम्बन्धित समाचार