जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गर्ने धम्कि दिनेहरु उजुरी दिएर फर्किए

जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गर्ने धम्कि दिनेहरु उजुरी दिएर फर्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ मंसिर २०८२
  • 5.2K
    Shares

पोखरा १४ मङ्सिर २०८२।

पार्टी नेतृत्वले एकतर्फी रुपमा महाधिबेशन प्रतिनिधिहरु चयन गरेको भन्दै असन्तुष्ट एमाले कास्कीका नेताहरु उजुरी दिएर फर्किएका छन्।

एमालेको ११औं महाधिवेसनका लागि प्रतिनिधि छनोटमा नेताहरूले एकलौटी गरेको आरोप लगाउँदै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गर्ने सम्मको तयारी गरेका केही नेता तथा कार्यकर्ताहरु अन्तमा उजुरी दर्ता गराएर फर्किएका छन्।

कास्की–३ का उम्मेद्वारहरूले अवैध रुपमा प्रतिनिधि छनोट गरिएको भन्दै पार्टीका केन्द्रिय सल्लाहकार देवी सुबेदी , जिल्ला सहसचिव सन्तु सुबेदी, बिबेक पौडेल लगायत करीब ४० जना नेता तथा कार्यकर्ताहरुले पार्टी जिल्ला कमिटीमा उजुरी दिएका छन् र उक्त उजुरीको बोधार्थ केन्द्रीय कमिटीलाई पनि दिइएको छ ।

कास्की क्षेत्र नम्बर ३ बाट ७ जना प्रतिनिधि चयन भएका छन् । बाँकी ४० जनाले नै छनोटलाई अवैध भन्दै उजुरी दिएका नेता देवी सुवेदीले जानकारी दिए । ‘यो छनोटको विधि अवैध छ । हामीले उजुरी दिएका छौं,’ उनले भने । अन्य क्षेत्रबाट भने उजुरी परेको छैन ।

नेकपा एमाले जिल्ला कमिटि कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले महाधिबेशन प्रतिनिधिको नाम सार्वजनिक हुने बित्तिकै असन्तुष्ट पक्षले उजुरी दर्ता गराएका जानकारी दिए। अध्यक्ष क्षेत्रीले प्राप्त उजुरीको छानबिन गरिने र छनोटमा केही समस्या देखिए सच्याइने बताए। उनले महाधिबेशन प्रतिनिधि चयनमा देखिएको असन्तुष्टिलाई समेटेर लैजानुपर्ने अवस्था देखिएको स्वीकारे।

को को भए प्रतिनिधि ?
#कास्की जिल्लाबाट ११ औ महाधिवेशन प्रतिनिधि चयन हुनु भएका कमरेडहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।।
क्षेत्र नं-३
१. कमरेड माधब प्रसाद बास्तोला (खुला)
२. कमरेड दिपक पाैडेल(खुला)
३. कमरेड जगन्नाथ बास्तोला (खुला)
४. कमरेड लाल बहादुर परियार(खुला)
५. कमरेड शाेभा पहारी (महिला)
६. कमरेड गिता बिक (महिला)
७ कमरेड भरतमान गुरुङ (युवा)
क्षेत्र नं.-२
१- कमरेड तेजनारायण अधिकारी (खुला)
२- कमरेड रश्मि आचार्य (खुला)
३- कमरेड भेषराज बराल (खुल्ला )
४- कमरेड राम प्रसाद खनाल(खुला )
५- कमरेड बिजय पाैडेल(युवा)
६ कमरेड हिरा गिरि (महिला)
७ कमरेड सिर्जना शर्मा (महिला)
क्षेत्र नं.-१
१. कमरेड टिकाराम पँगेनी(खुला)
२. कमरेड वैन ब श्रेत्री (खुला)
३. कमरेड वेद ब गुरुङ (खुला)
४. कमरेड दर्शन लामा (खुल्ला)
५. कमरेड बिजया सुवेदी (महिला)
६) कमरेड रक्षा भट्टराई (महिला)
७) कमरेड नवराज ओझा (युवा)
दलित उत्पिडीत :-
१. कमरेड दामबहादुर बिक
२. कमरेड प्रेम बिक
कास्की निर्वाचन क्षेत्र १ बाट खुलामा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी, सचिव दर्शन लामा, प्रदेश सांसद बेदबहादुर गुरुङ र टिकाराम पंगेनी छनोट भए । युवामा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा चयन हुँदा महिलामा रक्षा भट्टराई र विजया सुवेदी चयन भइन् ।

क्षेत्र नम्बर २ बाट खुलामा रामप्रसाद खनाल, तेजनारायण अधिकारी, रश्मी आचार्य र भेषराज बरालको नाम टुंगिएको छ । युवाबाट विजय पौडेल, महिलामा सिर्जना शर्मा र हिरा गिरी छनोट भएका छन् । क्षेत्र नम्बर ३ मा खुलातर्फ माधव बास्तोला, दिपक पौडेल, जगन्नाथ बास्तोला र लालबहादुर परियार, युवामा भरतमान गुरुङ तथा महिलामा शोभा पहारी र गीता विश्वकर्माको नाम टुंगो लागेको एमालेले जनाएको छ ।

कास्कीबाट उत्पीडित क्लस्टरमा दुई जनाको नाम परेको छ । प्रेम विश्वकर्मा र दामबहादुर विश्वकर्मा क्लस्टरबाट चयन भएका हुन् । शनिबार मतदानको तालिका सार्वजनिक गरेर विरोधबिच सर्वसम्मतको नाममा जबर्जस्ती गरिएको धेरै प्रतिनिधिहरूको गुनासो छ ।

प्रतिक्रिया