पोखरा १४ मङ्सिर २०८२।
तीन वटा पूर्व प्रधानमन्त्रीहरु सहभागी हुने नेपाली कम्युनिस्ट पार्टीको पोखरास्थित कार्यक्रममा गरि खान देउ भन्ने ब्यबसायीहरुलाई दुर्ब्यबहार भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पोखराको मानवअधिकार चोकमा गर्ने भनेको एकता सभास्थलमा व्यापारीहरूले विरोध जनाएका थिए । सभाका कारण व्यापारमा असर परेको भन्दै विरोध जनाएका ब्यबसायीहरुमाठी नेकपाका नेता तथा कार्यकर्ताहरुले दुर्ब्यबहार गरेका हुन्।
गरी खान देऊ भन्ने माग सहित पर्चा र पम्प्लेटसहित विरोध जनाएका ब्यबसायीहरुलाई नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले धकेलेर दुर्ब्यबहार गरेका प्राप्त समाचारमा जनाइएको छ।
उक्त सभामा पार्टी संयोजक प्रचण्ड, माधवकुमार नेपाल लगायत शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम छ।
उनीहरूले गरि खान देउँ, व्यवसाय चल्न देउँ लगायतका प्लेकार्डसहित विरोध गरेका हुन् । व्यवसायीले विशराे गर्दा कार्यकता र व्यवसायी विच धकेलाधकेल भएकाे हाे । ट्रेडमलका व्यवसायी चेञ्ज वयरका सञ्चालक अशोक शर्माले निरन्तर राजनीतिक पार्टीका सभा–जुलुसका कारण व्यवसाय प्रभावित भइरहेको बताए।
‘एकदमै अराजकता भयो। भाइलाई इन्जिनियर पढाएर विदेश पठाएँ, ऋण काढेर पसल खोलें। तर दैनिकजस्ता सभाले व्यवसाय नै सुकाउने अवस्थामा पुगेको छ,’ शर्माले भने। व्यवसायीहरूको गुनासोको बीच आजको नेकपा कार्यक्रमका कारण मानव अधिकार चोक र आसपासका सडक क्षेत्रमा प्रहरी सुरक्षा बढाइएकाे छ ।