दुम्सी खोज्दा ओखलढुंगामा ठुलो ढुंगाको चेपमा अड्किए : पौने चार घण्टापछि सुरुङ खनेर उद्धार

दुम्सी खोज्दा ओखलढुंगामा ठुलो ढुंगाको चेपमा अड्किए : पौने चार घण्टापछि सुरुङ खनेर उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ मंसिर २०८२
  • 3.1K
    Shares

पोखरा १४ मङ्सिर २०८२।


दुम्सी खोज्दा ठूलो ढुंगाको चेपमा अड्किएका पुरुषलाई ओखलढुंगामा सुरुङ खनेर पौने ४ घण्टापछि सकुशल उद्दार गरिएको छ।

शनिबार दिउंसो ओखलढुङ्गाको चम्पादेबी गाउँपालिका वडा नं. ०३ तिलबारी बस्ने बर्ष-५५ को राम बहादुर तामाङ सोही स्थानमा रहेको दुम्सी ओडारे स्थित भिरको ढुङ्गाको १०-१५ फिट चेप भित्र दुम्सी खोज्ने क्रममा अडकिएको थियो ।

घटमाको खबर पश्चात जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा मातहत प्रहरी चाकी ताप्केडाँडाबाट खटिएको प्रहरी टोली र स्थानियबासीको सहयोगमा सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया