प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले कार्यकर्ताबीच कुटाकुट : ओली समूहका नेता बस्नेत पोखरेल पक्षका नेताबाट कुटिए

प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले कार्यकर्ताबीच कुटाकुट : ओली समूहका नेता बस्नेत पोखरेल पक्षका नेताबाट कुटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ मंसिर २०८२
  • 6.4K
    Shares

पोखरा १३ मङ्सिर २०८२।

एमाले मोरङ्मा प्रतिनिधि छनौटका क्रममा कार्यकर्ताबीच हात हालाहाल
नेकपा (एमाले) को ११औं महाधिवेशनको प्रतिनिधि छनोट प्रक्रियाका क्रममा विराटनगरमा कुटाकुट भएको छ । एमाले संस्थापन समूह र इतर समूहबीच कुटाकुट भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली समूहलाई ईश्वर पोखरेल नेतृत्वको इतर समूहले हातपात गरेको हो ।

उनीहरुले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता परशुराम बस्नेतमाथि हातपात गरेका हुन् । एमालेका स्थानीय नेता भानुभक्त पाठकले एक जना व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद शुरु भएको थियो । सोही क्रममा संस्थापन पक्षले पटक–पटक एउटै व्यक्ति मतदानको लागि गएको भन्दै विरोध गरेको थियो ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट मानिएका नेता विनोद ढकालको समूहका नेता तथा कार्यकर्ताले नेता बस्नेतमाथि हातपात गरेका हुन् ।

एमाले नेता पर्शुराम बस्नेतले मतदान स्थलमा एकै व्यक्तिले पटक-पटक अशक्त र अपाङ्गता भएका व्यक्तिहरूको नाममा वारिस बनेर भोट हाल्न खोजेको भन्दै कडा प्रतिवाद गरेका थिए।
उनले भिडमा “तपाईं अभिभावक होइन? यसरी भोट हाल्न पाइन्छ?” भन्दै प्रश्न गरेको र अर्को पक्षलाई झम्टिन खोजे। उनलाई रोक्न अन्य कार्यकर्ता र सुरक्षाकर्मीलाई हम्मे-हम्मे परेको थियो। केही कार्यकर्ताले उनलाई धकेलेका थिए।

अशक्त र वृद्धवृद्धाको नाममा अनधिकृत व्यक्तिले मतदान गर्न खोजेको विषयले उग्र रूप लिएपछि केही बेर मतदान प्रक्रिया नै प्रभावित बन्न पुगेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "mediaelement" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/janasanc/public_html/wp-includes/functions.php on line 6260