सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १२ मंसिर २०८२
  • 2.2K
    Shares

राष्ट्रपति रामचन्द्र पौडेल

पोखरा १२ मङ्सिर २०८२।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति दिएका छन्

मन्त्रिपरिषद्को मंसिर ८ गतेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृतिका लागि निर्णय गरेर राष्ट्रपतिकहाँ पठाएको थियो । उक्त निर्णयलाई राष्ट्रपतिले बिहीबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै सेना परिचालनको निर्णय लागू हुने समाचार स्रोतहरुले जानाकारी दिएका छन्।

प्रतिक्रिया