सर्वोच्चमा आगजनी गरेको आरोपमा ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ

सर्वोच्चमा आगजनी गरेको आरोपमा ल क्याम्पसका पूर्व स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० मंसिर २०८२
  • 4.1K
    Shares

पोखरा १० मङ्सिर २०८२।

सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी तत्कालिन माओवादी पार्टीमा आवद्ध थिए ।

जेनजी आन्दोलनका क्रममा उनले अदालत जलाउनुपर्छ भन्दै दिएको अभिक्ति भाइरल भएको थियो । सोही आधारमा सर्वोच्चमा आगजनी गरेको आरोपमा यसअघि पनि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो ।

अदालतमा आगजनी तथा तोडाफोड गर्नेमाथि कारवाही गर्न माग गर्दै सर्वोच्चले नै प्रहरीमा जाहेरी दिएको थियो । त्यसपछि प्रहरी अनुसन्धानमा सक्रिय बनेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार