काठमाडौँ, ९ मङ्सिर २०८२।
काभ्रेपलाञ्चोकस्थित रोशी खोलाको भीरमा खसेका एक क्यानेडियाली नागरिकको सकुशल उद्धार गरिएको छ ।
लिन्डन एरिक नामका क्यानेडियाली नागरिकको स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको हो। उनी आज साँझ करिब ५ बजे धुलिखेल नगरपालिका–१२ एक्लेखेतस्थित रोशी खोलाको भीरमा दुर्घटनाग्रस्त अवस्थामा अड्किएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी लगत्तै प्रहरी चौकी श्यामपाटीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा उनको उद्धार गरिएको काभ्रे प्रहरीले जनाएको छ। उनी पनौती नगरपालिका–१० बल्थलीबाट नमोबुद्धतर्फ घुम्न जाने क्रममा भीरबाट लडेका थिए।
उद्धार गरिएका विदेशी नागरिकको अवस्था सामान्य रहेको र थप स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।