ब्राउन सुगर किन्न दिएको पांच सय रुपियाँ फिर्ता नदिंदा तेश्रो लिङ्गी महिलाको हत्या : होटलको सेफ पक्राउ

ब्राउन सुगर किन्न दिएको पांच सय रुपियाँ फिर्ता नदिंदा तेश्रो लिङ्गी महिलाको हत्या : होटलको सेफ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ मंसिर २०८२
  • 3.1K
    Shares

काठमाडौँ, ९ मङ्सिर २०८२।

काठमाण्डौको गोंगबुस्थित नयाँ बसपार्कमा मृत फेला परेकी तेश्रो लिङ्गी महिलाको हत्या एक होटलको सेफले गरेको खुलेको छ।

रूकुम घर भएकी अन्दाजी २० वर्षकी युवती माया भन्ने आयुषा मगरको हत्यारा पत्ता लगाउने क्रममा शब पोको पार्न प्रयोग भएको तन्ना बारे सोधीखोजी गर्दै जाँदा उनको हत्या होटलका सेफले गरेको खुलेको हो।

शनिबार तन्नाले बेरिएको अवस्थामा भेटिएकी माया भन्ने आयुषा मगरको हत्या गरेको आरोपमा प्रहरीले होटल रोयल कुन्डलाको सेफ २५ वर्षीय सूर्य थापा मगरलाइ पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, मृतक मायाकी साथी डोल्मा बमजन र सूर्य थापा मगर कात्तिक २५ गते उक्त होटलमा पुगेका थिए। त्यस होटलको टपमा स्टाफ रूम रहेकाे र काेठामा गफ गर्ने क्रममा मृतक मायाले ब्राउन सुगर किन्न सूर्यसँग पांच सय रुपैयाँ मागेकी थिइन् र ब्राउन सुगर किनेर फर्केपछि सूर्यले आफ्नो पैसा फिर्ता मागेका थिए।

सुर्यले पैसा फिर्ता माग्दा मायाले ‘तेरो पैसा दिन्नँ’ भनेपछि दुई जनाबीच विवाद उत्पन्न भएको थियो। त्यसपछि रिसाएका सूर्यले जुत्ताको तुनाले घाँटीमा कसेर हत्या गरेको र हत्यापछि दुई पटक मुक्का हानेकाे पनि प्रहरी समक्ष बयान दिएका छन् ।

पटक–पटक पैसा फिर्ता माग्दा पनि नदिएपछि डर देखाउने उद्देश्यले सामान्य कुटपिट गरेको सेफ मगरले स्वीकारेका छन् ।त्यसक्रममा घाँटी थिच्दा ज्यान गएको उनको भनाई छ । घाँटी थिचेकै कारण ज्यान गएपछि शवलाई होटलकै तन्नाले बेरेर बसपार्कमा छोडिदिएको मगरले प्रहरी समक्ष बताएका छन् ।

अभियुक्त मगरले ‘शवको गन्ध नआओस् भनेर पहिले प्लास्टिक र त्यसपछि तन्ना र फेरि प्लास्टिकले पोको पारेको अवस्थामा भेटिएको एसपी भट्टराईले जानकारी दिए।

मृतकको शरीरमा बेरिएको तन्नामा १४५५ नम्बरकाे ट्याग रहेकाे र साेहि ट्यागकाे आधारमा अनुसन्धान गर्दै जाँदा होटल रोयल कुन्डलाको स्टाफ रूममा रहेको तन्नाको रंग र तकियाको खोलमा रहेको १४५५ नम्बरकै ट्याग मिलेकाे प्रहरीकाे अनुसन्धानमा खुलेकाे छ।

अनुसन्धानका क्रममा सुर्यले कात्तिक २६ गते १ बजेर ५२ मिनेट जाँदा मृतकको शवकाे पाेकाे बोकेर लाँदै गरेको होटलको सिसिटिभी फुटेजमा पनि देखिएको छ ।

मृतक माया भनिने आयुषा लागुऔषध समेत सेवन गर्ने पाईएकाे छ भने सूर्य पनि अत्यधिक मापसे गर्ने गरेकाे पाईएकाे छ ।

बसपार्कमा हत्या भएको ९ दिनमा भेटियाे मायाकाे शव ।
साेलुखुम्ब, कार्तिक ९ । बसपार्कमा मृत फेला परेकी युवतीको शव ९ दिन अगाडिनै हत्या भएको खुलेको छ। शनिबार बिहान काठमाडौंको टोखा नगरपालिका-९ स्थित बसपार्क नजिकै सडक छेउमा तन्नामा पोको पारेर फालिएको अवस्थामा शव फेला परेको थियो।
शुरुमा शव पहिचान हुन नसके पनि प्रहरीकाे अनुसन्धान पछि मृतक माया भन्ने आयुषा मगर रहेका छिन् । मगरकाे हत्या भने कात्तिक २६ गते मध्यराति नै भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मायाको हत्या आरोपमा प्रहरीले २४ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सूर्य थापा मगर रहेका छन्। थापा होटलका कुक समेत हुन्।
मायाको हत्या भएकाे एक साता पछि शनिबार बिहानी पख सडक छेउमा गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सुचना पाएपछि तत्काल घटनास्थलमा पुगेका प्रहरी टाेलिले तन्नामा पाेकाे पारेकाे अवस्थामा शव भेटेका थिए ।

प्रतिक्रिया