१० महिनाअघि रोमानिया पुगेका सर्लाहीका युवकको सडक दुर्घटनामा मृत्यु

१० महिनाअघि रोमानिया पुगेका सर्लाहीका युवकको सडक दुर्घटनामा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ मंसिर २०८२
  • 3K
    Shares

काठमाडौँ, ९ मङ्सिर २०८२।

१० महिनाअघि मात्र युरोपेली मुलुक रोमानिया पुगेका सर्लाहीका एक युवकको सडक दुर्घटनामा मृत्यु भएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–६ घर भएका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा परी शुक्रबार मृत्यु भएको हो । रोमानियाको राजधानी बुखारेस्टस्थित काला जिउलेस्ती सडकमा भएको सडक दुर्घटना सलिनको घटनास्थलमै मृत्यु भएको अस्पताल पुगेका रोमानियामा रहेका नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पा तेन्जी लामा शेर्पाले जानकारी दिएका हुन्। उनी बुखारेस्टस्थित पान फास्टफुडमा कार्यरत थिए ।

बाटो काट्ने क्रममा विपरीत दिशाबाट तीव्र गतिमा आएको कारले ठक्कर दिएपछि उनको निधन भएको प्रहरी प्रशासनलाई उदृत गर्दै सदस्य लामाले बताए।

दुर्घटना गर्ने कार १८ वर्षीय रोमानियन युवकले चलाएका थिए । अहिले सलिनको शव बुखारेस्टस्थित कलिनिका दे अर्जेन्ट अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे मृतकको परिवारलाई जानकारी गराइएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाइने बताइएको छ।

प्रतिक्रिया