बारास्थित नेपाल-भारत सीमामा गएराती नेपाल प्रहरी र भारतीय तस्कर बीच गोली हानाहान

बारास्थित नेपाल-भारत सीमामा गएराती नेपाल प्रहरी र भारतीय तस्कर बीच गोली हानाहान


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ मंसिर २०८२
  • 5.8K
    Shares

काठमाडौँ, ९ मङ्सिर २०८२।

बारा जिल्लास्थित नेपाल-भारत सीमामा गएराती नेपाल प्रहरी भारतीय तस्कर र बीच गोली हानाहान भएको छ।

भारतको हनुमाननगर तर्फबाट मोटरसाइकलहरुको स्कर्टिंङमा कम्तीमा २५ जनाको समूहले नम्बर नखुलेको ट्रयाक्टरमा ल्याएको तस्करीको सामानलाई बारा जिल्लाको पचरौता नगरपालिका वडा नं ६ चिकनी टोलमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले रोकेर चेकजांच गर्न खोज्दा गोली हानाहान भएको हो। त्यस क्रममा नेपाल प्रहरीको टोलीले ९ एमएमको पेस्तोलबाट सात राउण्ड र तस्करहरुको समूहले कटुवा पेस्तोलबाट दुई राउण्ड गोली हानेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

नेपाल प्रहरीले गरेको फायरिङपछि तस्करहरु भागे पनि उनीहरु चढेर आएको भारतीय नम्बर प्लेट भएका चार वटा मोटरसाइकललाइ प्रहरीले समातेको छ। उनीहरुको साथमा रहेको बिआर ०५ बिएल ४१५४ नम्बरको बजाज कम्पनीको पल्सर, बिआर ०५ बि ६८६४ नम्बरको सुपर स्पेलण्डर, बिआर ०५ बिडी ९८२१ नम्बरको बजाजको पल्सर र बिआर ०५ ऐडब्लु ०५०१ नम्बरको हिरो स्पेलण्डर गरी ४ वटा भारतीय मोटरसाइकल र सामसुङ कम्पनीको मोबाइलमा एयरटेल सिम र एनसेलको सिम र भारतीय नागरिक रंजित कुमारको नाममा रहेको सवारी चालक अनुमतिपत्र (लाईसेन्स) प्रहरीले फेला पारेको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। उक्त घटना सम्बन्धमा थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया