डीआइजी कार्कीको एआइजीमा बढुवा सिफारिश : बाँकी तीन डीआइजीको सरुवा

डीआइजी कार्कीको एआइजीमा बढुवा सिफारिश : बाँकी तीन डीआइजीको सरुवा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ मंसिर २०८२
  • 5.3K
    Shares

काठमाडौँ, ८ मङ्सिर २०८२।

नेपाल प्रहरीको एक जना डीआइजीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिश भएको छ भने बाँकी तीन जना डीआइजीको सरुवा भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डीआइजी ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको शिक्षामन्त्री महावीर पुनले जानकारी दिए ।

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै रिक्त रहेको एआईजी पदमा गृहले कार्कीलाई बढुवा सिफारिस गरेको थियो । उनी कार्यरत थिए ।

यसै बीच कार्की एआइजीमा बढुवा सिफारिश भए पछी रिक्त कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखका रुपमा डीआइजी बिनोद घिमिरे सरुवा भएका छन। उनी नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन बिभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत थिए।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुशन्धान बिभाग महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत डीआइजी दिलिपसिंह देउबा नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरुवा भएका छन् भने नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत दिपक कुमार बस्नेत डीआइजी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा सरुवा भएका छन्।

प्रतिक्रिया