थुनामुक्त भए दुर्गा प्रसाईं (आदेश पनि हेर्नुहोस्)

थुनामुक्त भए दुर्गा प्रसाईं (आदेश पनि हेर्नुहोस्)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ मंसिर २०८२
  • 5.5K
    Shares

काठमाडौँ, ८ मङ्सिर २०८२।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् ।

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो ।

सर्वोच्चले मंसिर ६ गते सरकार र प्रसाईं समर्थकका बीचमा शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने सहमति भएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन जारी हुने आदेश गरेको हो।

प्रतिक्रिया