आफैले बेचेको घरमा मृत भेटिए पत्रकार दिपन्द्र खनियाँ

आफैले बेचेको घरमा मृत भेटिए पत्रकार दिपन्द्र खनियाँ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ मंसिर २०८२
  • 4.9K
    Shares

पोखरा ७ मङ्सिर २०८२।

रेडियो अडियो एफएमका सञ्चालक दिपेन्द्र खनियाँ काठमाण्डौको बानेश्वरस्थित आफैले बेचेर भाडामा बसेको घरमा मृत भेटिएका छन्।

केही समयअघि मात्रै आफैले ऋषिकेश भट्टको घरमा भाडामा बस्दै आएका पत्रकार खनियाँ आफू बस्ने घरको चौंथो तल्लामा मृत भेटिएका हुन्।

पाँचतले घरको चौथो तलाको रेलिङमा बिजुलीको तारमा झुण्डिएको अवस्थामा खनियाँको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए।

खनियाँ एक छोरी र श्रीमतीसहित बस्दै आएका थिए। श्रीमती र छोरी घरमा नभएका बेला आत्महत्या गरेको आशंका गरिएको प्रहरीले जनाएको छ।

हास्यव्यङ्ग्यकर्मीहरू उत्पादन गर्ने थलोको रुपमा चर्चित उक्त स्टेशनले रेडियो प्रशारणमा नयाँ शैली अपनाएको थियो। उनी झण्डै दुई दशकदेखि आफ्नै रेडियो रेडियो अडियोमा सक्रिय हुन थाले।

केही चलचित्रमा लगानी गरेका उनी पछिल्लो समय व्यवसायमा आर्थिक संकटबाट गुज्रेको प्रहरीको अनुमान छ।

प्रतिक्रिया