काठमाडौँ, २ मङ्सिर २०८२।
काठमाण्डौको सुन्धारा कारागारबाट भागेका दुई कैदी फेरि समातिएका छन्।
जेन जी आन्दोलनका क्रममा त भदौ २४ गते कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराबाट भागेका दुई कैदी फेरि समातिएका हुन्।
प्रहरीले फेरि समातेका कैदीहरूमा धादिङ गजुरी–२ की गीता लामा र काठमाडौँका मङ्गलनारायण मोहन महर्जन रहेको प्राप्त समाचारमा जनाइएको छ।
उनॆएहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार पक्राउ गरेको हो।
लामा जिउ मास्ने बेच्ने मुद्दामा २२ वर्ष कैद सजाय कायम भई २०७६ मङ्सिर १९ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल महिला बन्दीगृह सुन्धारामा कैद भुक्तान गरिरहेकी थिइन् ।
यस्तै, सुन भन्सार चोरी पैठारी मुद्दामा एक वर्ष कैद र रु एक करोड आठ लाख ३९ हजार ७४७ बराबरको जरिवाना कायम भएका महर्जनलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीले लामालाई ललितपुर महानगरपालिका–३ धोवीघाटबाट र महर्जनलाई काठमाडौँ धोवीचौरबाट पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवलमा पेश गरिएको जनाएको छ ।
—