धनुषामा प्रहरीद्वारा मिथिला बिहारीका वडाध्यक्षको गोली हानी हत्या : प्रहरी जवान यादबसहित दुई जना पक्राउ

धनुषामा प्रहरीद्वारा मिथिला बिहारीका वडाध्यक्षको गोली हानी हत्या : प्रहरी जवान यादबसहित दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ कार्तिक २०८२
  • 3.7K
    Shares

पोखरा २९ कार्तिक २०८२।

धनुषाको मिथाली बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको एक जना प्रहरॆए जवानले शुक्रबार साँझ गोलि हानि हत्या गरेका छन् ।

सोहि वडाको अन्दुपट्टीमा आयोजित मृत्यु संस्कारमा सहभागी हुन गएका वडाध्यक्ष विन्देश्वर यादवमाथि शुक्रबार साँझ गोली हानि हत्या भएको हो।

गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएलगत्तै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए ।

१३औं दिनको तिथिमा सहभागी हुन गएका वडाअध्यक्ष यादवमाथि स्थानीय धर्मराज यादवले गालीगलौज गरेपछि विवाद सिर्जना भएको थियो । विवाद उग्र हुँदै जाँदा धर्मराज यादवका आफन्त पर्ने सप्तरीको एक प्रहरी चौकीमा दरबन्दी रहेका प्रहरी जवान शम्भु यादवले वडाअध्यक्ष विन्देश्वर यादवमाथि गोली प्रहार गरेका थिए । उनी बिदामा घर आएका थिए ।

विवादका क्रममा भएको झडपमा ७ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले प्रहरी जवान शम्भु यादबसहित दुई जनालाई पक्राउ गरेको छ र घटनामा प्रयोग भएको पेस्तोल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया