अस्ट्रेलियामा कार दुर्घटना : चितवनका एकै परिवारका तीन नेपालीको मृत्यु

अस्ट्रेलियामा कार दुर्घटना : चितवनका एकै परिवारका तीन नेपालीको मृत्यु


  • एजेन्सीहरु
  • बिहिबार, २७ कार्तिक २०८२
  • 7.8K
    Shares

पोखरा २७ कार्तिक २०८२।

अस्ट्रेलियामा भएको कार दुर्घटनामा चितवनका एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ ।

भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका आमा, बाबु र छोराको घटनास्थलमा मृत्यु भएको हो भने सासुआमा घाइते भएकी छिन।

उक्त दुर्घटनामा चितवनको भरतपुरका कारका चालक ४१ वर्षीय हरिकृष्ण भण्डारी, उनको ३१ वर्षीया श्रीमती सपना न्यौपाने र तीन वर्षीय छोरा बेन भण्डारीको दुर्घटनास्थलमै मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ। उनीहरुसंगै यात्रारत हरिकृष्णका सासुआमा पवित्रा न्यौपाने घाइते भएकी छिन्। उनी गएको दशैंमा मात्र छोरी ज्वाई भेट्न अष्ट्रेलिया पुगेकी थिइन्। उनलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो उनको अलथ्रेट अस्पतालमा उपचार भईरहेको पारिवारीक श्रोतले जनाएको छ ।

अर्को गाडीमा रहेका कारण उनीहरुको छोरी भने सकुसल रहन सफल भएकी छन् । उनी ६ वर्षकी छन् । अभिभावक गुमेपछि उनलाई आफन्तहरुले संरक्षण गरेका छन् । उनीहरु मेलबर्नमा रहँदै आएका थिए ।
सो दुर्घटनापछि परिवार शोकासुल अवस्थामा रहेका छन् ।

सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।
उनीहरूसँगै अर्को कारमा परिवारका अन्य सदस्यसमेत सवार रहेको र उनीहरूले केही पछिमात्र घटनाबारे जानकारी पाएका थिए । ट्रक चालक भने सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया