पोखराको पृथ्वीचोकस्थित शहिद लखन थापाको शालिक तोडफोड गर्ने रास्वपा कास्कीका जिल्ला नेता पक्राउ

पोखराको पृथ्वीचोकस्थित शहिद लखन थापाको शालिक तोडफोड गर्ने रास्वपा कास्कीका जिल्ला नेता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २५ कार्तिक २०८२
  • 6.7K
    Shares

पोखरा २५ कार्तिक २०८२।

जेन–जी आन्दोलनको क्रममा विभिन्न विध्वंशहरुमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता अभिमन्यु पाण्डे पक्राउ परेका छन् । उनले जेन–जी आन्दोलनको क्रममा पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिहरुको घर तोडफोड र आगजनीका लागि अपिल गरेको बताइएको छ।

पक्राउ परेका पाण्डे पृथ्वीचोकमा रहेको सहिद लखन थापाको शालिक फुटाउनेदेखि गण्डकी रदेश्का मन्त्री विन्दु कुमार थापा र उनका भाई ध्रुब थापाको घरमा आगो लगाउनेसम्मको भूमिकामा सहभागी भएको आरोप प्रहरीले लगाएको छ ।

पाण्डेविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइने तयारी रहेको प्रहरीले जनाएको छ।

पाण्डे सहकारी ठगी सम्बन्धि मुद्दामा केही समय कारागार समेत बसेका थिए। उनी रास्वपा कास्कीको अध्यक्ष समेत हुन्

प्रतिक्रिया
सम्बन्धित समाचार