पोखरा, २१ कात्तिक २०८२।
कास्की प्रहरीले जेन जी आन्दोलनका क्रममा नेकपा एमालेको पोखरास्थित पार्टी कार्यालय र पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा केही युवाहरुलाई पक्राउ गरेको छ भने सोहि आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने तथा तोडफोड गर्नेमा मार्शल आर्टका प्रशिक्षकदेखि स्थानीय बासिन्दा र ट्राभल सम्बन्धि भ्लग निर्माण गर्ने कन्टेन्ट क्रिएटर संलग्न रहेको देखिएको पत्ता लागेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नबिन कार्कीले एमालेको पोखरास्थित पार्टी कार्यालय र पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा केही युवा पक्राउ गरेर प्रहरी कार्यालय ल्याइदै गरेको जानकारी दिए। उनीहरुको साथबाट पोखरा महान्गरपालिकाबाट् लुटिएका दुई थान ल्यापटप पनि बरामद भएका छन्।
उक्त रिसोर्ट आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका पांच जना अभियुक्तहरु मध्ये मार्शल आर्टका प्रशिक्षकदेखि स्थानीय बासिन्दा र ट्राभल सम्बन्धि भ्लग निर्माण गर्ने कन्टेन्ट क्रिएटर रहेको देखिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले उक्त रिसोर्ट तोडफोड तथा आगजनी गरेको आरोपमा पोखरा महानगरपालिका–१७ घारीपाटन बस्ने २९ वर्षीय रुपक नेपाली, पोखरा–१८ बस्ने ४२ वर्षीय खड्कबहादुर थापा, ३२ वर्षीय खुमराज गुरुङ, ४७ वर्षीय नवराज खड्का र २७ वर्षीय एलिसा गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले जानकारी दिए।
नेपाली पोखरा रंगशालामा मार्शल आर्ट सिकाउने प्रशिक्षक हुन् भने उनी राष्ट्रिय स्तरका खेलाडी पनि हुन्। उनीसंगै पक्राउ परेका खड्कबहादुर पोखरा–१८ मै होटल व्यवसाय गर्दै आइरहेका व्यक्ति हुन् । उनले केबीटी ट्राभलका नाममा सामाजिक सञ्चालनमा विभिन्न ठाउँका फोटो, भिडियो पोस्टसमेत गर्दै आइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीले उनीहरूलाई आपराधिक उपद्रवमा अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। उनले पक्राउ परेकाहरू जेनजी आन्दोलनका अभियानकर्ता नभएको बताए।
पक्राउ परेका अधिकांश पोखराका विभिन्न स्थानहरुमा भएका आगजनी र तोडफोडमा संलग्न भएको देखिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।