नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०८२
  • 4.8K
    Shares

काठमाडौँ, २० कात्तिक २०८२।

विभिन्न १० दवा वाम दल र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ताको लागि आज निवेदन दिएको छ।

बिहिबार मात्र पार्टी एकता घोषणा गरिएको नेपाली कम्युनिष्ट पार्टीले आज आयोगमा दल दर्ताको निवेदन दिएको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाली कम्युनिस्ट पार्टीको दल दर्ता निवेदन प्राप्त भएको जानकारी दिए। नवगठित पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ।

आगामी २१ फागुनमा हुने निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ।

दलहरूबीचको एकताको प्रतिबद्धतापत्र, घोषणापत्र साथमा राखेर निवेदन दिएको नेता शिव खकुरेलले जानकारी दिए । उनका अनुसार दलको विधानलाई पूर्णता दिने कार्य भइरहेको छ। ‘पदाधिकारीलगायतका विषय टुंगिएपछि आयोगमा विधान लगायत दस्तावेज पेश गरिनेछ,’ उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार