पोखरा, २० कात्तिक २०८२।
केही स्थानीयले तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकमा राखिएका डिभाइडर आफू खुशी हटाउन थालेपछि डोजर प्रहरीले नियन्त्रणमा लिएको छ।
मुग्लिन पोखरा सडक अन्तर्गत दमौलीस्थित तरकारी लाइन र व्यास-४ जाने बाटोपट्टिको सर्भिस लेनको डिभाइडर बुधबार सॉझ जबरजस्ती हटाएपछि जेसीबि डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुरक्षाका लागि राखिएका सडक डिभाइडर केही व्यक्तिहरुले आफूखुशी हटाउँदा पनि स्थानीय प्रशासन मौन रहेको भंदै चौतर्फी बिरोध शुरु भएको थियो।
यस अघि स्थानीय बासिम्दाले आफूखुशी भोर्लेटार चोक र कालिका मार्गको डिभाइडर पनि हटाएका थिए ।