स्थानीय युवाहरुद्वारा आक्रमणको`प्रयास भएपछि गोरखाबाट डा. निकोलस भुषाल पक्राउ

स्थानीय युवाहरुद्वारा आक्रमणको`प्रयास भएपछि गोरखाबाट डा. निकोलस भुषाल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १८ कार्तिक २०८२
  • 4K
    Shares

पोखरा, १८ कार्तिक २०८२ ।

काठमाण्डौमा आफू पक्राउ पर्ने डरले गोरखा आइपुगेका डा. निकोलस भुषाललाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ।
डा. भुषाललाई गाेरखा नगरपालिका-८ काे रानीबनमा रहेकाे सरस्वती आश्रमबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए। भुषालका बारेमा केही कुरा बुझनु पर्ने भएकाेले उनलाई पक्राउ गरिएकाे उनले जानकारी दिए ।

प्राप्त विवरण अनुसार , हिजाे नै गाेरखा आएका उनलाई युवाहरुकाे एउटा समूहले आक्रमण गर्ने प्रयास समेत गरेका थिए । कुटपिट गर्न गएका समूहले डा.भुषालकाे समूह ठूलाे भएकाे देखे लगत्तै गाेरखा प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै गाेरखा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएकाे प्रहरी उपरीक्षक विकले बताए ।

सामाजिक सञ्जालमार्फत विभिन्न पार्टी र तिनका नेतालाई गाली गलाैच गरेका कारण यूवाहरुकाे समूहले आक्रमणकालागि उक्त क्षेत्रमा पुगेकाे एक युवकले बताए ।

उनले केही दिन अगाडी मात्रै पनि गृह मन्त्रीलाई मार्ने धम्की दिएका थिए । भुसाललाई केही बेर अगाडी मात्र काठमाडाैं पठाइएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार