पोखरा, १७ कार्तिक २०८२ ।
देशको बदलिएको परिस्थितिमा कास्की जिल्लाका सेवाग्राहीहरुलाई छिटो – छरितो, सहज र शुलभ तरीकाले सेवा दिने गरी विभिन्न निर्णयहरु गरिएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीमा आज कास्की जिल्ला भित्र रहेका सरकारी कार्यालयका प्रमुखहरुको संयुक्त बैठकले सेवाग्राहीहरुलाई छिटो – छरितो, सहज र शुलभ तरीकाले सेवा दिने गरी विभिन्न निर्णयहरु गरेको हो।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको उक्त बैठकले कास्की जिल्ला भित्रका सरकारी कार्यालयहरुमा एकद्धार प्रणाली मार्फत सेवा प्रवाह गर्ने तथा वढि भिडभाड हुने कार्यालयहरुमा टोकन प्रणाली लागु गर्ने निर्णय गरेको छ।
त्यस्तै सोही बैठकले हरेक सरकारी कार्यालयहरुमा सेवाग्राही सहायता तथा सहजीकरणका लागि सेवाग्राही सहायता कक्ष स्थापना गरेर सञ्चालन गर्ने, कार्यलयका सामाजिक सञ्जालहरु एबम वेभसाइट अध्यावधिक गर्ने निर्णय पनि गरेको छ। यसैगरी अनलाईन प्रणाली मार्फत गुनासो सुनुवाई प्रणाली सञ्चालन गर्ने , लक्षित वर्गलाई उच्च प्राथमिकता प्रदान गरी सेवा प्रवाह गर्ने, निर्वाध रूपमा विकास आयोजना सञ्चालन तथा व्यवस्थापन गर्ने , समन्वयात्मक तवरले प्रभावकारी विपद् पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापन गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ।
सवारी दुर्घटना न्यूनीकरण, सडक पूर्वाधार सुधार, सडक सुरक्षा, सडक अनुशासन पालना र ट्राफिक व्यवस्थापन गर्ने, अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति, बजार अनुगमन र उपभोक्ता हित संरक्षण सम्बन्धि गतिबिधि गर्ने पनि कार्यालय प्रमुखहरुले सहमति जनाएका छन्।
कर्मचारी आचारसंहिता पालना मार्फत आचरण सुधार र जिल्लामा आयोजना हुने कार्यक्रम व्यवस्थापन, जेन-जी आन्दोलनमा क्षति भएका उपकरण सवारी साधन र कार्यालय सामाग्रीहरुको मिनाहा प्रकृया चलाउने, सार्वजनिक सरकारी जग्गा र सम्पत्ति संरक्षण सम्बन्धि निन्र्नायाहरु पनि उक्त बैठकमा अभेको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ।
वेरुजु लगत अद्यावधिक र फर्छ्यौट, सूचना प्रविधि प्रणाली प्रयोगकर्ता तथा प्रणाली सञ्चालन कर्ता कर्मचारीका लागि जारी गरिएको साइबर सुरक्षा एडभाइजरी कार्यान्वयन गर्ने बारेमा पनि निर्णय भएको प्राप्त समाचारमा अजनाइएको छ।