सरकारले घोषणा गर्यो जेन जी आन्दोलनका ४५ जना शहीद (सूचीसहित)

सरकारले घोषणा गर्यो जेन जी आन्दोलनका ४५ जना शहीद (सूचीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १७ कार्तिक २०८२
  • 4K
    Shares

पोखरा, १७ कार्तिक २०८२ ।

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जनालाई मात्र शहिद घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट शहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

‘राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन-जी पुस्ताद्वारा भदौ २३-२४ गरिएको प्रदर्शनको क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना लाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको छ’ उनले भने।

गृहमन्त्रालय लगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि अहिले ४५ जनालाई शहिद घोषणा गरिएको उनले बताए । मन्त्रालय उच्च स्रोतका अनुासर थप शहिदको सन्दर्भमा अझै अध्ययन जारी रहेको छ ।

यसअघि नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई अन्यको सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो । सेनाको आधिकारिक तथ्यांकमा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख थियो ।
मारिएकामध्ये सरकारले घोषणा गरेका ४५ जना शहीद (सूचीसहित)

प्रतिक्रिया
सम्बन्धित समाचार