मध्यराती बालेन शाहले लेखेको फेसबुक स्टाटसको चौतर्फी बिरोध : तुरुन्त हटाए

मध्यराती बालेन शाहले लेखेको फेसबुक स्टाटसको चौतर्फी बिरोध : तुरुन्त हटाए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ कार्तिक २०८२
  • 3.9K
    Shares

पोखरा, १६ कार्तिक २०८२ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मध्यराती आफ्नो सामाजिक संजालमा विभिन्न राजनीतिक दल र देशहरुलाई तुच्छ शब्दमा गाली गरेर स्टाटस लेखे। जब त्यसको चौतर्फी बिरोध शुरु भयो, उनले त्यो स्टाटस सामाजिक संजालबाट हटाएका छन्।

उनले अश्लील शब्दसमेत मिसाएर दुई छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम समाबेश गरेर तुच्छ शब्दमा गालि गर्फेका छन्।

उनले अहिले उक्त स्टाटस सञ्जालबाट हटाइसकेका छन् । पोस्ट गरेको केही मिनेटमै उनीमाथि चर्को आलोचना शुरु भैसकेको थियो ।

पछिल्लोपटक बालेनलाई अन्तर्राष्ट्रिय शक्तिसङ्ग साठगाठ गरेको आरोप लाग्ने गरेको छ । यसैबीच उनले चीन, भारत, अमेरिकासहितको नाम उल्लेख गरेर व्यक्त गरेको अभिव्यक्तिमाथि अहिले सञ्जालमा बहस सुरू हुन थालेको छ ।


बालेन शाहले मध्यरातमा गरे एमाले-रास्वपादेखि र भारत-अमेरिकालाई सम्म अङ्ग्रेजीमा गाली
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मध्यरातमा नेकपा एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादीलाई अङ्ग्रेजीमा गालीगलौज गरेका छन् । त्यस्तै बालेनले छिमेकी देश भारत र चिनसँगै अमेरिकालाई पनि गालीगलौज गरेका छन् । बालेनले नेपालका पुराना तथा नयाँ शक्तिलाई प्रभाव र दबाबमा राख्न सक्ने देश चीन, भारत र अमेरिकालाई समेत अङ्ग्रेजी शब्द ‘फक’ प्रयोग गर्दै आफ्नो निराशा पोखेका छन् । लेखेका छन्- फक अमेरिका, फक इण्डिया, फक चीन, फक एमाले, फक कांग्रेस, फक रास्वपा, फक राप्रपा र फक माओवादी, तिमी सबै मिलेर केही गर्न सक्दैनौ

प्रतिक्रिया