बिप्लव नेतृत्वको नेकपा विभाजित : विप्लव पार्टी दर्ता गर्न लागे, चिरन पुनले समाजवादी मोर्चातिर मुख फर्काए

बिप्लव नेतृत्वको नेकपा विभाजित : विप्लव पार्टी दर्ता गर्न लागे, चिरन पुनले समाजवादी मोर्चातिर मुख फर्काए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ कार्तिक २०८२
  • 5K
    Shares

पोखरा, १५ कार्तिक २०८२ ।

विप्लव नेतृत्वको नेकपाले हालै निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएपछि अर्को समुह चिरन पुन (मिलन सी) को नेतृत्वले छुट्टै भेला गरेर समाजवादी मोर्चामा रहेका दलहरूबीचको एकताको पक्षमा उभिने निर्णय गरेको छ ।

विप्लवसहितका नेताहरु प्रचण्डको नेतृत्वमा माओवादीमा एकता गर्न नमानेपछि चिरन पक्ष भने माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएको छ ।

विवादका विषयमा लेख्दै चिरन पुनले भनेका छन्:,”आरम छु आरमै चाहन्छु । निकै मीठो हाम्रो सहकार्य भएको अब १३ बर्ष पूरा भएर १४ बर्षमा लाग्दै छ । एकताको बिषयमा हाम्रो कुरा मिलेन । कम्युनिस्ट क्रान्तिकारीहरुको एकता आजको अनिवार्य आवस्यकता हो । बृहत कम्युनिस्ट एकताले मात्र नेपाली बिशेषताको समाजवाद हुँदै समाजवाद र साम्यवादी सपना पूरा हुन सक्छ । तपाईंको भुमिका बृहत कम्युनिस्ट एकता र ध्रुवीकरणमा आवस्यक छ । त्यसको निम्ति हजुरले पनि छिट्टै एकताको पहल गर्नुहुनेछ भन्ने अपेक्षा राख्दछु । यो नै नवौ केन्द्रीय समितिको विशेष बैठकको दिशा निर्देश र आजको वस्तुगत आवास्यकताले बिभाजित कम्युनिस्ट आन्दोलनलाई दिएको सन्देश हो । छिट्टै एकताको पहल गर्नुहुनेछ । फेरि छिट्टै हाम्रो भेट हुने अपेक्षा राखेको छु, अभिवादन ।

माओवादी केन्द्रसँग एकता गर्ने तयारी भएको बेला एकीकृत समाजवादी फुटको संघारमा पुगेकै समयमा विप्लव नेतृत्वको नेकपामा पनि विभाजनको रेखा कोरिएको छ ।

नेक्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका एउटा पक्ष माओवादी केन्द्रसहितको एकताको पक्षमा उभिएको छ ।

चिरन पुन (मिलन सी)को नेतृत्वमा छुट्टै भेला गरेर समाजवादी मोर्चामा रहेका दलहरूबीचको एकताको पक्षमा उभिने निर्णय भएको हो । आफूहरू समाजवादी मोर्चामा रहेका दलहरूको एकताको पक्षमा उभिएको मिलन सीले बताए ।

उनका अनुसार एकसय ४५ जना केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्ये ७५ जना केन्द्रीय सदस्य समाजवादी मोर्चामा रहेको मिलन सीले दाबी गरे ।

एकताको पक्षमा भएका नेताहरूको शुक्रबार छुट्टै भेला बसेको थियो । जसले विप्लवलाई छिट्टै एकतामा आउन आह्वान गर्दै एकताको पक्षमा उभिने निर्णय गरेको नेता मिलन सीले जानकारी दिए ।

विप्लव भने कम्युनिस्ट पार्टी नेपाल नामक दल दर्ताको लागि निर्वाचन आयोग पुगेका छन् ।

विप्लवमा अनुसार वर्तमान सरकारको निरन्तरतामै अगाडि बढ्ने गरी माओवादी र समाजवादी एकता प्रक्रियामा अगाडि बढेका छन् ।

आफूहरू सर्वपक्षीय सरकार गठन हुनुपर्छ भन्नेमा रहेकाले बैचारिक मतभेद रहेको उनले बताए ।

विप्लवले तत्काल माओवादीसहितको एकता प्रक्रियामा सहभागी नहुने संकेत दिएपछि एकताको पक्षमा रहेकाहरूले छुट्टै भेला गरेर एकताको पक्षमा उभिने निर्णय लिएको मिलन सीले बताए । शनिबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार