पोखरा, १४ कार्तिक २०८२ ।
गोर्खा जिल्लामा पर्ने मनास्लु क्षेत्रको भ्रमणमा गएकी एक बिदेशी महिला पहिरोमा पुरिएकी छिन्।
मनास्लु क्षेत्रको भ्रमणमा निस्किएकी चेक रिपब्लिककी ५४ बर्षीया महिला क्याटरिना रस्कोभा चुमनुब्री ३ न्याकफेदीनेर झरेको पहिरोमा परेर शुक्रबार दिउसो दुईबजेदेखि पुरिएकी हुन्।
गाइड रमेश भट्टले दिएको जानकारी अनुसार , भीरबाट झरेको ढुंगाले उनलाई पुरेको छ । टाउकोमात्र देखिएको छु, उनले भने, ुउनको श्रीमान र मचाहिँ सकुशल छौँ ।
त्यतिबेला ठूलो पर्टकको समूह रहेको उनले बताए । “उहाँ पुरिएपनि पहिरोको डरले कसैले उद्धार गर्न सकेनु, उनले भने ।
घटनास्थल बस्तीबाट धेरै टाढा रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । त्यसतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकिएको उनले बताए ।
शुक्रबार करिब तीनबजेतिर पहिरोले पुरेको उनलाई साँझसम्म पनि उद्धार गर्न नसकिएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । ‘उहाँलाई पुरेको पहिरोसम्म जाने बाटोमा फेरि अर्को ठूलो पहिरो झरेर बाटो अवरुद्ध भएको छ’, डिएसपी श्रेष्ठले भने, ‘पानी निरन्तर परिरहेको र पहिरो पनि झरिरहेकाले उद्धार गर्न सम्भव भएन ।’