पोखरा, १४ कात्तिक २०८२।
कास्की जिल्ला कारागारबाट भागेर वडा प्रहरी कार्यालय बैदाम पोखराको भिडियो क्यामरा चोर्ने एक जना बन्दि पोखराबाटै पक्राउ परेका छन्।
जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका बन्दी पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटन बस्ने बर्ष २६ को विवश जलारी वडा प्रहरी कार्यालय बैदाम पोखराको भिडियो क्यामरा चोरी गरेको आरोपमा पक्राउ परेका हुन्।
ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका बेला गत भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा कारागारबाट भागेका जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो। अभियुक्त जलारीको साथबाट प्रहरीले वडा प्राह्री कार्यालय बैदाम पोखराबाट चोरी भएको CANON कम्पनीको SOCO डिजिटल क्यामेरा थान-१ बरामद गरेको छ भने नम्वर प्लेट नभएको ईन्जिन नम्वर JLYCJB77102, च्यासिस नम्वर MD2A36FY1JCB33360 भएको 200 CC को NS मोटरसाइकल एउटा बरामद गरेको प्राह्रीले जानाकारे दिएको छ।
कारागारबाट भागेपछि पनि प्रहरी कार्यालयकै भिडियो क्यामरा चोरी तथा लुटपाट गरेको र चोरीमा संलग्न भएको खुलेका जलारीलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी मुद्दामा छ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।