पोखरा, १४ कार्तिक २०८२ ।
सुर्खेतमा एक युवाले आफ्नै आमाको हत्या गरेका छन्। जिल्लाको भेरीगंगा नगरपालिका–१२ मसिना टोलमा अन्दाजी ३५ वर्षीय कविराम बस्नेतले आफ्नै ५० वर्षीया आमा धनीकलाको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढ्थापाले दिएको जानकारी अनुसार , घरमा सुतिरहेकी आमालाई कबिरामाले गएराती खाडल खन्न प्रयोग गरिने औजार फरुवाले टाउकोमा प्रहार गरेका थिए। छोराले हानेको फरुवाले गम्भीर घाइते बनेकी धनिकलालाई तत्काल उद्धार गरेर उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ ल्याइएकोमा शुक्रबार बिहान सवा आठ बजे मृत घोषणा गरिएको प्रहरीले बताएको छ। हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
हत्या गरेर भाग्दै गरेका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएका प्रहरी टोलीले छिन्चु बजार एरियाबाट नियन्त्रणमा लिएको छ।