पोखरा, १४ कार्तिक २०८२ ।
बेनी जोमसोम सडकको जोमसोम-कागबेनी सडक खण्ड अवरुद्ध भएको छ।
अविरल बर्षाको कारण जोमसोमदेखि कागबेनी जाने सडक खण्ड पिचरोड भासिएर भत्किएको र सोही स्थानमा माथिबाट लेदो सहितको पहिरो खासिरहेकाले उक्त सडक पुर्णरुपमा अवरुद्ध भएको हो।
उक्त सडक अवरुद्धसंगै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ यात्रा गर्न नसकिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ।