रुसी सेनामा पुगेका तीन सय भन्दा बढी नेपाली अझै वेपत्ता : एकसय ५६ जनाको मृत्यु !

रुसी सेनामा पुगेका तीन सय भन्दा बढी नेपाली अझै वेपत्ता : एकसय ५६ जनाको मृत्यु !


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ कार्तिक २०८२
  • 8.1K
    Shares

पोखरा, १४ कार्तिक २०८२ ।

रुसी सेनामा अवैध ढंगबाट पुगेका तीन सय भन्दा बढी नेपाली वेपत्ता भएका छन् भने एकसय ५६ जनाका परिवारले मात्र आफ्ना आफन्तको मृत्यु भएको खबर पाएका छन्।

अभियन्ता कृतु भण्डारीले गरेको मानवीय सहायताका हिसावले तथ्यांक संकलन गर्दा हालसम्म तीन सय भन्दा बढी परिवारको सम्पर्कमा नरहेको देखिएको बताए। . उनले हालसम्म एकसय ५६ जनाका परिवारले आफ्ना आफन्तको मृत्यु भएको स्वीकार गर्दै काजकिरिया समेत गरिसकेका जनाकारी दिए।

अभियन्ता कृतु भण्डारीका अनुसार , रुसी सेनाले आफ्नो पक्षबाट युक्रेनी सेनाविरुद्ध लड्दा मृत्यु भएका नेपालीका बारे उनका परिवारलाई जानकारी दिने गरेको छ भने सम्भव भएसम्म उनीहरुको तस्बीर पनि परिवारलाई पठाईदिने गरेको छ।

नेपाल सरकारको कन्सुलर सेवा विभागले भने हालसम्म १०१ जनाको मृत्यु मात्रै पुष्टि गरेको छ भने एकसय २५ जना बेपत्ता भनेको छ।

यस्तै युक्रेनको कब्जामा ११ देखि १९ जनासम्म रहेको बुझिएको छ। नेपाल सरकारसँगको तथ्यांकमा पाँच जना मात्रै छन्।

हालसम्म रुसी सेनामा गएर दुईसय २१ जना नेपाल फर्किएका छन्। फर्किएकामध्ये १६ जना फेरि गएको पाइएको भण्डारीले बताइन्। यस्तै हालसम्म २१ जना मृतकका परिवारले मात्रै क्षतिपूर्तिको केही किस्ता पाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार