डेडिकेटेड ट्रंक लाइन विवाद: रिलाइन्स स्पिनिङले पाएन अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो

डेडिकेटेड ट्रंक लाइन विवाद: रिलाइन्स स्पिनिङले पाएन अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलाइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०८२
  • 2.6K
    Shares

उच्च अदालत पाटन

पोखरा,११ कात्तिक २०८२।

रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणविरुद्ध दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्विकार गरेको छ।

मंगलबार न्यायाधीश सूर्यप्रसाद पराजुलीको इजलासले अन्तरिम आदेश जारी नगरी दुवै पक्षलाई कात्तिक १९ गते छलफलमा बोलाएको हो।
प्राधिकरणले मिल्सलाई डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको जरिवानासहित ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता बुझाउन पत्र काटेको थियो।

मिल्सले प्राधिकरणको २०८२ असोज १० गतेको निर्णय र असोज १२ र १३ गते का सूचना तथा रकम बुझाउन माग गर्दै जारी गरेको पत्र कार्यान्वयन नगराउन रिट दायर गरेको थियो।

साथै प्राधिकरणले बक्यौता नतिरेको भन्दै २५ वटा उद्योगमा विद्युत कटौती गरिसकेको छ। १२ उद्योगले बक्यौता रकम किस्तामा तिर्न सुरु गरिसकेका छन् भने ६ वटा उद्योगले अदालतबाट स्टे अर्डर लिएका छन्।

रिलायन्से बक्यौता तिर्न पत्र पठायो। यसले विद्युत प्राधिकरणको पत्र कार्यान्वयन रोक्न आदेश माग गर्दै निवेदन दिएको थियो। मंगलबार उच्च अदालत पाटनले यस विषयमा दुवै पक्षसँग छलफल गरेपछि मात्र निर्णयमा पुग्ने भन्दै कात्तिक १९ गतेका लागि पेसी तोकेको छ।

यस्तो छ अदालतको आदेश
dedicates trunk line court order

प्रतिक्रिया
सम्बन्धित समाचार