पोखरामा ड्युटीमा रहेका प्रहरी हवल्दार थापाको निधन

पोखरामा ड्युटीमा रहेका प्रहरी हवल्दार थापाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०८२
  • 10.2K
    Shares

पोखरा,११ कात्तिक २०८२।

पोखरामा ड्युटीमा रहेका एक जना प्रहरी हवल्दारको निधन भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित भद्राकलीस्थित सीआरभीमा कार्यरत प्रहरी हवल्दार ओमकुमार थापाको निधन भएको हो।

प्रहरीका अनुसार , कपिलबस्तु जिल्लाको शिवगढ़ी गाउपालिका वडा नम्बर ६ शिवपुरगढी घर भएका प्रहरी हवल्दार थापा सोमबार दिउसो करीब पौने पांच बजेको समयमा बेहोश भएर ढलेका थिए।

ड्युटीमा रहेका बेला अचानक बेहोश भएर तत्काल उपचारका लागि साबिकको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याइएकोमा चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार