नेपाल प्रहरीको ३३ औं आइजीपी केसी कि कार्की ?

नेपाल प्रहरीको ३३ औं आइजीपी केसी कि कार्की ?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०८२
  • 6K
    Shares

पोखरा,११ कात्तिक २०८२।

जम्माजम्मी ६९ दिनका लागि आईजीपी बनेका नेपाल प्रहरीका वर्तमान प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ आउने कात्तिक २६ गते अवकाशमा जाँदैछन् । भदौ १९ गते आइजीपी नियुक्त भएका उनी ३० वर्षीय सेवा अवधि पूरा गरी आउने कार्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका हुन् ।

अबको दुई सातापछि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ। यसपटक ३३ औँ प्रहरी महानिरीक्षकको नियुक्तिसँगै प्रहरीले नयाँ नेतृत्व मात्रै पाउने छैन, दुई टोलीको २४ वर्ष पुरानो लडाइँ पनि यहीँ टुंगिनेछ।

खापुङको अवकाशसंगै नेपाल प्रहर्फीको ३३ औं नयाँ प्रमुख अर्थात प्रहरी महानिरिक्षक को बन्छ भनेत्र सर्वत्र चासोको बिषय बनिरहेको छ। त्यसो त वर्तमान चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख दानबहादुर कार्की, मानव स्रोत विकास विभाग प्रमुख राजन अधिकारी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डा. मनोज केसी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सिद्धिविक्रम शाह मध्येबाट आगामी नयाँ प्रहरी प्रमुख बन्ने अपेक्षा गरिएको छ।

त्यसो त नेपाल प्रहरीमा एआइजीद्वय सिद्धिविक्रम शाह र राजन अधिकारीको इमान्दारिता, लगानी र योगदान कम आंकलन गर्न सकिने अवस्था छैन। उनीहरु पनि आगामी नयाँ प्रहरी प्रमुखको दाबेदारका कमजोर आंकलन गर्न नसकिने प्रहरी अधिकारीहरु बताउँछन्। तैपनि देशको राजनीतिक तरलताका बीच एआइजीद्वय कार्की र केसी मध्येबाट एक जना नयाँ प्रहरी प्रमुख बन्ने धेरैले अड्कल काटेका छन्।

प्रतिस्पर्धीमध्ये कार्की, अधिकारी र केसी गत १५ वैशाखमा एआईजी बढुवा भएका थिए । शाह भने एक महिनापछि १५ जेठमा एआईजी बढुवाका लागि सिफारिस भएका थिए ।

बढुवाको पहिलो नम्बरमा रहेका एआईजी दानबहादुर कार्की अहिले काठमाडौंको उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) को कमाण्ड कन्ट्रोल गर्ने ठाउँमा छन् । भदौ २४ गतेको जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।

भदौ २३ गते भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।

डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।

यता देशभरको जघन्य अपराध अनुसन्धान गर्ने जिम्मा पाएको सीआईबीको कमाण्ड सम्हालेका डा. मनोज केसी निडर प्रहरी अधिकृतको रूपमा चिनिन्छन् ।

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको सुत्रधार केसी हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला उनले यो प्रकरणको अनुसन्धान गरेका थिए ।

हाईप्रोफाइल व्यक्ति जोडिएको यसको मुद्दाको प्रक्रिया भने अहिले उनीसँगै आईजीपीको प्रतिस्पर्धामा रहेका कार्कीले अगाडि बढाएका थिए । यो प्रकरणका केही हाईप्रोफाइल व्यक्ति अझै पुर्पक्षका लागि कारागारमै छन् ।

सीआईबीमा कार्यरत रहुनुअघि केसी हेडक्वार्टरमै रहेको प्रदेश समन्वय विभागमा कार्यरत थिए । डीआईजी हुँदा भने विशेष ब्यूरो र प्रहरी एकेडेमीमा बसेर काम गरेको अनुभव उनीसँग छ ।

एसएसपी हुँदा अपराध अनुसन्धान कार्यालयपछि उनलाई हेडक्वार्टरस्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा सरुवा गरिएको थियो । उनी अपराध अनुसन्धानमा अनुभवी अधिकृतको रूपमा चिनिन्छन् ।

एआइजी कार्की जेन जी आन्दोलन चलिरहेको बेला नेपालि सेनाको हेडक्वार्टरमा बसेर नेपाल देशभर प्रहरी परिचालन गरिरहेका थिए र उनले नै नेपाल प्रहरीका सबै जनालाई गोलि नचलाउन , जेल र हिरासतभित्र रहेका बन्दी तथा थुनुवाहरूको रेकर्ड राखेर छाडिदिन र आफ्नो वर्दी तथा हतियार जोगाएर आफू पनि सुरक्षित हुन निर्देशन दिएको तथ्यहरु बाहिर आएका छन्। उनको यो निर्देशन जेन जी आन्दोलनका पक्षमा रहेको जिकिर गरिएको छ।

उता नयाँ प्रहरी प्रमुखको मुख्य दाबेदार ठानिएका एआइजी डा. केसी नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरेकोमा ओली सरकारका पालामा कोपभाजनामा परेको र वर्तमान सुशिला कार्की बनेपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाइएव्को छ। उनलाई बिगतका सरकारका पालामा राजनीतिक प्रतिशोधका कारण रोकिएका मुद्दाहरुमा बिना हिच्किचाहट अनुसन्धान गर्न भनिएको छ। उनले तत्काल आफ्नो कार्यदक्षता कस्तो देखाउछन् र उनलाई दिइएको जिम्मेवारी कत्ति पुरा गर्नेछन त्यसमा उनी आगामी नयाँ प्रहरी प्रमुख बन्ने कि नबन्ने भन्ने बिषयले टुंगो पाउने धेरैको बुझाई छ।

वर्तमान सरकारले कार्यदक्षता र जेष्ठताका आधारमा आगामी नयाँ प्रहरी प्रमुख छान्ने नेपाली जनताले अपेक्षा गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार