बरिष्ठ अधिबक्ता स्वागत नेपाल प्रहरीको साइबर ब्युरोमा पांचघण्टा बयान दिएर घर फर्किए

बरिष्ठ अधिबक्ता स्वागत नेपाल प्रहरीको साइबर ब्युरोमा पांचघण्टा बयान दिएर घर फर्किए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ कार्तिक २०८२
  • 4.4K
    Shares

पोखरा, ९ कात्तिक २०८२।

बरिष्ठ अधिबक्ता स्वागत नेपाल नेपाल प्रहरीको साइबर ब्युरोमा पांचघण्टा बयान दिएर घर फर्किएका छन्। आउने कार्तिक ११ गते फेरि आउने गरी उनलाई आज घरबाट पठाइएको प्राप्त समाचारमा जनाइएको छ।

उनीविरुद्ध साइबर ब्युरोमा प्रधानमन्त्री सुशिला कार्कीको बिरोधमा अभिव्यक्ति दिएको भन्दै तिहार अगाडी उजुरी परेको बताइएको थियो। तर आज उनीविरुद्ध कसले उजुरी दिएको हो भन्ने बारेमा नखुलाइएको बरिष्ठ अधिबक्ता नेपाल स्वयमले जनसञ्चार डट कमलाई जानकारी दिए। उनले प्रहरीसंग भएको बयानका सबै कुरा बताउन नमिल्ने जानकारी दिंदै केही बिषयको सनाखात गराइएको बताए।

बरिष्ठ अधिबक्ता नेपालले विभिन्न संचार माध्यमहरुमा बोलेका क्लिपहरु देखाएर त्यस बारेमा साइबर ब्युरोका अधिकारीहरुले सोधेका उनी निकट कानून ब्यबसायीहरुले जानकारी दिएका छन्।

साइबर ब्युरोको नम्बरबाट गत सोमबार आफूलाई फोन आएपछि तिहार मानेपश्चात उनी आज बयान दिन आफैं साइबर ब्युरो पुगेका थिए ।

उनले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा आफूलाई साइबर ब्युरोले पक्राउ गर्न खोजेको उल्लेख गरेका छन्।

सोमबार बेलुका भिडिओ वक्तव्य जारी गर्दै उनले साइबर ब्युराेलाई दिएको जवाफबारे भनेका छन्, ‘के अदालतमा यी प्रश्न उठ्लान् भन्ने डरले हो कि सामाजिक सञ्जालमा बोलेको आधारमा पक्राउ गर्न खोजिँदै छ? यदि आइहाल्नुपर्छ भने आइहाल्छु। जरुरी परे पक्राउ पुर्जी दिनुपर्छ, तर अदालत नै बन्द छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार