काठमाडौँ ८ कार्तिक २०८२ ।
सरकारले प्रदर्शन गर्न निर्धारण गरेको काठमाण्डौको माइतिघर क्षेत्रबाट ७५ जना जेन जीका कार्यकर्ता तथा समर्थकहरु पक्राउ परेका छन्।
आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले सोधपुछका लागि भन्दै ७५ जना जेन जीका कार्यकर्ता तथा समर्थकहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले स्थानीय प्रशासनको अनुमति नलिई प्रदर्शन गरेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए। उनले भने, ‘प्रशासनको अनुमति बिना कार्यक्रम गर्न नदिने भनिएको थियो तर, माइतीघरमा उपस्थित भएपछि सोधपुछको लागि नियन्त्रणमा लिएका हौँ । फेरि एउटा समूह पहिलेदेखि नै बसेको थियो, त्यहाँ मनमुटाब हुने अवस्था बनेपछि यो कदम चालिएको हो।’
यसअघि, माइतीघर विभिन्न जेनजी समूह तथा अन्य समूहले दिनहुँजसो प्रदर्शन गर्दै आइरहेका थिए । सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले प्रदर्शन जारी राखेको बताउँदै आएका छन् ।