पोखरास्थित राष्ट्रिय कृषि परियोजना इकाई प्रमुख लम्सालको मोटरसाइकल दुर्घटनामा निधन

पोखरास्थित राष्ट्रिय कृषि परियोजना इकाई प्रमुख लम्सालको मोटरसाइकल दुर्घटनामा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ कार्तिक २०८२
  • 14.5K
    Shares

पोखरा, ७ कार्तिक २०८२ ।

पोखरास्थित राष्ट्रिय कृषि परियोजना इकाई कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत ४५ वर्षीय माधवप्रसाद लम्सालको मोटरसाइकल दुर्घटनामा निधन भएको छ ।

स्याङ्जाको पुतली खेत-सतौं भित्री पक्की सडक अन्तर्गतको पुतली बजार नगरपालिका-१४ आम्बोटमा लु ५९ प ३७९७ नम्बरको बुलेट मोटरसाइकल आज दुर्घटनाग्रस्त हुँदा वरिष्ठ कृषि विकास अधिकृत लम्सालको निधन भएको हो।

प्रहरीका अनुसार , स्याङ्जाकै पुतलीबजार नगरपालिका–१४ लामागे निवासी लम्साल अन्य साथीहरुसंगे शुक्रबार बिहान सोही ठाउँमा रहेको चण्डी सत्तौ मन्दिर गएका थिए । मन्दिरबाट फर्किने क्रममा उनी एक्लै थिए र उनी आफैले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल पुतली खेत-सतौं भित्री पक्की सडक अन्तर्गतको पुतली बजार नगरपालिका-१४ आम्बोटमा सडकबाट एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

संगै गएका साथीहरुले प्रहरीलाई दिएको जानकारी अनुसार, घटना बिहान ११ बजेतिरको हो । ३/४ घण्टा सम्पर्कमा नआएपछि आफन्तले प्रहरीमा सूचना गरेका थिए । प्रहरीले खोजतलासको क्रममा अपराह्न ४ बजे उनी मृत भेटिएका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनलाई टाउकोमा बढी चोट लागेको छ । लम्सालको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार