काठमाडौँ, ७ कार्तिक २०८२ ।
रुकुमपश्चिममा आज जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जिप शुक्रबार बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा मृत्यु हुनेमा रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला वि.क., २२ वर्षीया गोपाल ओली रहेका प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीले जानकारी दिए। एक जनाको भने सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेहरुको परिचय खुलेको छैन । सांकेतिक चित्र