गुल्मीमा ठगबहादुर मृत भेटिए

गुल्मीमा ठगबहादुर मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ असार २०८१
  • 4.5K
    Shares

‘खेतमा जान्छु’ भनेर हिडेका एक बृद्ध चार दिनपछि मृत भेटिएका छन्। गुल्मी जिल्लाकाे इस्मा गाउँपालिका वडा नम्बर १ जुकेपानीका ६२ वर्षीय ठगबहादुर राना सोमबार दिउँसो मुसिकोट नगरपालिका वडा नम्बर २ टारीडाँडाका पाटा स्थित खेतको पाखामा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार, गत जेठ ३२ गते बिहान राना घरबाट खेतमा जान्छु भनि हिडेकका थिए । तर, उनी घर नफर्किएपछि आफन्त र परिवारले खोजी कार्यको लागि प्रहरी समक्ष पुगेका थिए । प्रहरीले खोजी कार्यलाई तीब्र पारेको थियो । सोही क्रममा उनी मुसिकोट नगरपालिका वडा नम्बर २ टारीडाँडाका पाटा स्थित खेतको पाखामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

शवलाई पोस्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार