दन्त शिविरबाट फर्किएको स्कर्पियो गाडी आज एकाबिहानै पाल्पामा दुर्घटनाग्रस्त : नौ जना घाइते

दन्त शिविरबाट फर्किएको स्कर्पियो गाडी आज एकाबिहानै पाल्पामा दुर्घटनाग्रस्त : नौ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ असार २०८१
  • 7.3K
    Shares

पोखरा, २ असार २०८१/

पाल्पामा आज एकाबिहानै एउटा स्कर्पियो गाडी दुर्घटनाग्रस्त हुँदा नौजना घाइते भएका छन्। होराइजन डेन्टल अस्पताल रामपुरबाट भीरपानीमा आयोजित दन्त शिबिर संचालन गरेर फर्कदै गरेको बा१५च १५९४ नम्बरको स्कर्पियो गाडी पाल्पाकाे निस्दी-४ झ्याङ्लिङ भन्ने स्थानमा आज बिहान करीब सवा ४ बजेतिर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाकारी दिएको छ।

 

दुर्घटनामा परि पाल्पा रामपुर ९ की २८ वर्षिया रचना राना, रामपुर ७ की २० वर्षिया सबिना राना, सोही स्थानका चालक ३० वर्षिय मोहन अर्याल, रामपुर ५ का ३४ वर्षिय शंकर श्रेष्ठ र रामपुर ४ की १९ वर्षिया श्रृया रुवाल रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि घाइते हुनेमा रामपुर ५ की २१ वर्षिया डोल्मा खण्डाल, २० वर्षिया अनिषा सिंह ठकुरी, २३ वर्षिया ममता श्रेष्ठ र १९ वर्षिया दिपा हिस्की मगर रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ ।

उक्त दुर्घटनामा घाइते भएका नौ जनाको हाल रामपुर अस्पतालमा उपचार भैरहेको प्राप्त समाचारमा जना \एको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार