पोखरा, १ असार २०८१/
पोखरामा ट्रकले ठक्कर दिंदा एक युवाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा वडा नम्बर ९ प्रदर्शनी केन्द्रस्थित सडकमा आज दिउसो ग.१ क ५३२० नम्बरको ट्रकले ठक्कर दिंदा २९ वर्षीय युवाको मृत्यु भएको हो।
उक्त ट्रकले ठक्कर दिंदा पोखरा महानगरपालिका-३२ खोला छेउ बस्ने २९ वर्षीय सागर तिवारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारार्थ पश्चिम क्षेत्रिय अस्पतालमा पुर्याइएकोमा मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ।
उक्त दुर्घटनापश्चात आबश्यक अनुसन्धानका लागि ट्रक चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ ।