पोखरामा महिलालाई लछारपछार गर्दै मोबाइल लुट्ने दुई युवा कर्याप्झ्याप

पोखरामा महिलालाई लछारपछार गर्दै मोबाइल लुट्ने दुई युवा कर्याप्झ्याप


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० जेष्ठ २०८१
  • 9.2K
    Shares

पोखरामा पक्राउ परेका मोबाइल चोर

पोखरा, ३० जेठ २०८१/

नेपालकै ठुलो मध्ये एक पृथ्वीनारायण क्याम्पस पछाडी रहेको खाली जग्ग्गामा महिलालाई लछारपछार गर्दै मोबाइल लुट्ने दुई युवालाई प्रहरीले पोखरामा कर्याप्झ्याप पारेको छ।

गएको आइतबार राती पौने नौ बजेको समयमा पृथ्वीनारायण क्याम्पस पछाडी रहेको खाली जग्ग्गामा एक महिलालाई लछारपछार गर्दै मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका
वडा नं.११ फुलबारी बस्ने वर्ष ३२ को सागर नेपाली र सोही ठाउँको २१ वर्षीय सुजित नेपालीलाई पक्राउ गरेको हो।

उनीहरुलाई वडा प्रहरी कार्यालय बगर पोखराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। उनीहरुको साथबाट लुटिएको उक्त महिलाको मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरुको बिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा आठ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार