बलात्कारपछि महिलाको मलद्वारमा सुकेको मकैको ढोड छिराएर भागेका युवा सर्लाहीबाट पक्राउ

बलात्कारपछि महिलाको मलद्वारमा सुकेको मकैको ढोड छिराएर भागेका युवा सर्लाहीबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० जेष्ठ २०८१
  • 12.2K
    Shares

पोखरा, ३० जेठ २०८१/

बलात्कारपछि महिलाको मलद्वारमा सुकेको मकैको ढोड छिराएर मरणासन्न बनाई भागेका एक युवा सर्लाहीबाट पक्राउ परेका छन्।

सर्लाहीको बसवरिया ३ भवानीपुर बंगल्वा मुसहरी टोल घर भएका ३५ वर्षीय रमण माझीलाई गएको जेठ १३ गते बिहान स्थानीय एक महिलालाई वलात्कार गरेर मलद्वारमा सुकेको मकैको ढोड छिराएर भागेको आरोपमा पक्राउ गरेको हो।

उनलाई सर्लाहीकै बागमती नगरपालिका ४ मगरटोलस्थित जिरायत सडक खण्डमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।

उनले यही जेठ १३ गते बिहान बागमती ४ जिरायतस्थित डाँडा टोलबाट नयाँ बस्ती आवत जावत गर्ने कच्ची सडकको छेउमा करिव ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी महिलाको मलद्वारमा सुकेको मकैको ढोड छिराएर मरणासन्न बनाएका प्रहरीले जनाएको छ।

स्थानीयले अचेत अवस्थामा ती महिलालाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। ती महिलाको प्रादेशिक अस्पताल मलंगवामा उपचार गरिएको थियो।

उनलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार