पोखरा, १५ जेठ २०८१/
रातारात लमजुङस्थित एक मोटरसाइकल वर्कशपबाट मोटरसाइकल चोरी गरेर भाग्दै गरेका दुई युवालाई प्रहरीले बेशिशहरबाट समातेको छ।
मर्स्याङ्दी गाउँपालिका–९ गोपालडाँडा स्थित एक मोटरसाईकल वर्कशपबाट पल्सर मोटरसाईकल चोरी गरेर भाग्दै गरेका दुई युवालाई प्रहरीले सदरमुकाम बेशीशहरबाट आइतबार राती समातेको हो।
प्रहरीका अनुसार, र्राती साढे २ बजेको समयमा बेसीशहरस्थित क्याम्पस रोडमा लु १८ प ९३४७ नम्वरको २२० सीसी पल्सर मोटरसाईकलमा सवार थिए । डिउटीमा खटिएका प्रहरीले शंका लागेर सोधपुछ गर्ने क्रममा उनीहरु मोटरसाईकल छाडेर भागेपछि पिछा गर्दै उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक थानेश्वर चपाईले जानकारी दिए।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ बस्ने १९ बर्षिय सुजन तामाङ र क्व्होलासोंथर गाउँपालिका–२ घर भएका १९ बर्षिय पूर्ण बहादुर तामाङलाई मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।